बिहीबार स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै भन्यो, ‘डेंगु नियन्त्रण बाहिर गइसक्यो । मन्त्रालय एक्लैले नियण्त्रण गर्न सक्दैन ।’ उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले थपे, ‘डेंगु नियन्त्रण गर्नका लागि सेना प्रहरी परिचालन गर्नुपर्ने अवस्था आइसक्यो ।’
मन्त्रीको यो अभिव्यक्तिबाट थाहा हुन्छ, डेंगुको संक्रमण कति डरलाग्दो भइसक्यो । मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लाल डेंगुले प्रकोपको रुप लिएकाले नियन्त्रण गर्न कठिन भएको सुनाउँछन् ।
No comments: